दफा २४
मूल ऐनमा परिच्छेद ७क. थप

मूल ऐनमा परिच्छेद ७ पछि देहायको परिच्छेद ७क. थप गरी देहायका दफा ३७क., ३७ख. र ३७ग. थपिएका छन् :–
“परिच्छेद –७क.
प्रमाणको प्रस्तुति
“३७क. श्रव्य–दृश्य संवाद मार्फत मौखिक प्रमाण बुझ्ने :- अदालतले उचित ठानेमा
श्रव्य–दृश्य संवाद मार्फत मौखिक प्रमाण बुझ्न सक्नेछ ।

३७ख. प्रमाण पेश गर्नु पर्ने :- वादीले उजुरी वा फिरादपत्रमा, अभियुक्तले निजको
बयानमा र प्रतिवादीले प्रतिउत्तर पत्र वा प्रतिदावीमा आफ्ना सबै साक्षी, लिखत
र दसी प्रमाण उपलब्ध भएसम्म खुलाउनु पर्नेछ ।

३७ग. पक्षले साक्षी उपस्थित गराउनु पर्ने :- (१) अदालतले तोकेको दिन सम्वन्धित
पक्षले आफ्नो साक्षी उपस्थित गराउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुन सुकै कुरा लेखिएको भए तापनि कुनै खास
मुद्दामा त्यस्तो मुद्दा दायर गर्दाकै बखत प्रतिवादीहरु उपस्थित भई वादी वा
प्रतिवादी वा दुवै पक्षले मुद्दा दायर गर्दाकै बखत आ–आफ्ना साक्षी वा विशेषज्ञ
अदालतमा उपस्थित गराउन बाधा पर्ने छैन ।”